दफा ३१
धनी पत्ता नलागेमा मालवस्तु सरकार लाग्ने
  (१) यस ऐन बमोजिम सजाय हुने कसूरसित सम्बन्धित मालवस्तुको धनी पत्ता नलागेमा अनुसन्धान अधिकृतले कब्जा गरिएको मालवस्तुको कुनै हकदार भए हकदावी गर्न आउनु भनी सबैले देख्ने ठाउँमा पन्ध्र दिनको म्याद दिई सूचना टाँस गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कब्जा गरिएको मालवस्तु उपर कसैको हकदावी परेमा महानिर्देशकले अनुसन्धान गरेकोमा प्रधानमन्त्री तथा “मन्त्रिपरिषद्को कार्यालय समक्ष र अन्य अनुसन्धान अधिकृतले अनुसन्धान गरेको भए महानिर्देशक समक्ष निर्णयको लागि पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम कब्जा गरिएको मालवस्तु उपर हक दावी नपरे वा हकदावी नपुग्ने ठहराई प्रधानमन्त्री तथा “मन्त्रिपरिषद्को कार्यालय वा महानिर्देशकबाट निर्णय भएमा त्यस्तो मालवस्तु नेपाल सरकारको हुनेछ ।